‘मलाई थाहा छ, नेपाल भारतकै भाग थियो’ : अमेरिकी राष्ट्रपति ट्रम्प

– खसोखास

दक्षिण एसियाबारेको खुफिया ब्याख्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई विगतमा भारतकै भाग रहेको बताएका छन् ।

टाइमका लागि जोन वालकोटले समाचार प्रकाशित गरेका छन् ।

टाइम म्यागाजिनका अनुशार ट्रम्पका सल्लाहकारले दक्षिण एसियाबारेको ब्याख्याका क्रममा दक्षिण एसियाको नक्सा ल्याएर ट्रम्पलाई देखाएका थिए । जसमा अफगानिस्तानदेखि बंगालादेशसम्मका मुलुकहरुको नक्सा रहेको थियो ।

त्यसपछि ट्रम्पले नक्सातिर देखाउँदै ‘मलाई थाहा छ नेपाल भारतकै एउटा भाग थियो’ भनेको खुफिया अधिकारीलाई उद्धृत गर्दै टाइमले प्रकाशित गरेको छ । तर खुफिया अधिकारीले ट्रम्पलाई नेपाल भारतको भाग नरहेको र विगतदेखि नै एउटा स्वतन्त्र देश भएको बताएका थिए ।

भुटानलाई ट्रम्पले भारतकै भाग रहेको बताएका थिए । तर अधिकारीले भुटान भारतको भाग नरहेको बरु एउटा स्वतन्त्र अधिराज्य रहेको बताएका थिए ।

गत अगस्तमा पोलिटिकोले ट्रम्पले नेपाल र भुटानको नाम गलत तरिकाले उच्चारण गरेको समाचार प्रकाशित गरेको थियो । ट्रम्पले नेपाललाई निपल र भुटानलाई वुटन उच्चारण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार