सुदूरपश्चिमको भूस्वर्ग, खप्तड – फोटोफिचर

खप्तड क्षेत्र पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यो स्थान संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक।

यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो | सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगा जस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्।

त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ।किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् ।

हाल यहाँ निकै चिसो छ वर्षामा घाँसे मैदानले रमणिय देखिने खप्तडका पाटनहरु अहिले हिउँले ढाकेका छन् । कस्तो छ त अहिले खप्तड हेरौं ताजा तस्विरमा :

फोटोः रामजोति बोहरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार