गायक शम्भु सिलवाल र शर्मिला गुरुङको सालैजो ” आइरहने झझल्को “सार्वजनिक

Loading...

पोर्तुगल।

अहिले परदेशमा पनि नेपाली गीत संगीत र कलाकारको ख्याति र चर्चा चुलिंदै गएको देखिन्छ । युरोपेली मुलुक पोर्तुगलमा पनि नेपाली गायक, गायिका र कलाकारहरुको उपस्थिति बाक्लो छ । तर सबैले आफ्नो कला र गलाको कर्मलाई निरन्तरता दिन नसके पनि केहीले भने युरोपको काम र ब्यस्तताबाट बचेको सानो समयलाई पनि अत्यन्त मेहनतकासाथ उपयोग गरेका छन् । यसरी युरोपको पोर्तुगलबाट पनि आफ्नो गायन लाई निरन्तरता दिइरहने एकजना चर्चित र लोकप्रिय गायक हुन् शम्भु सिलवाल ।

केही समय अघि आफ्नो बिबाहकोलागि नेपाल जाँदा बेहुलो भइरहेको बखत पनि उनले गाउन छाडेनन्, आफैंले गाएको पन्चे बाजाको गीत आफ्नै बिबाह मन्डपमा छायांकन समेत गराए । सिलवाल भन्छन्, “आफैं, गायक, आफैं बेहुलो, आफ्नै बिबाह मन्डपको छायांकन यो मेरो लागि अत्यन्तै विशेष र अवस्मरणीय भएको छ ।”

चर्चित गायिका देवी घर्ती र शम्भु सिलवालको आवाजमा रहेको‌ गीत बिबाह र लगनहरुको समय पारेर सुर्य खड्काको YOUTUBE CHANNEL बाट माघ १ गते(१५ जनवरी २०१९) देखि बजारमा आईसकेको छ।

गीत संगीतलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका गायक शम्भु सिलवालले फेरि अर्को गीत बजारमा ल्याएका छन्। चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र गायक सिलवालको आवाजमा निकै मिठो सालैजो गीत लोक गीत पारखीहरुको लागि तयार भएको छ।

चर्चित गीतकार गणेश चौलागाई को शब्द, युरोप मै रहेका संगीतकार दुर्गा थापाको लय तथा संगीत संयोजन रहेको सालैजो माघ १७ गते बिहीबार बाट परदेशी गायक सुर्य खड्काको YOUTUBE CHANNEL बाट दर्शक सामु आएको छ।

गीतको म्युजिक भिडियोमा चर्चित नायिका सबिना कार्की र चर्चित मोडल निर्मल छेत्री को अभिनय रहेको छ भने मधुर बस्नेतको छायांकन र बिनोद बमको निर्देशन रहेको छ।

गीतको म्युजिक भिडियोमा ७ बर्षकी सानी नानीको दमदार नृत्य पनि रहेकोले भिडियो अझै आकर्षक बनेको गायक सिलवालले बताउनुभयो।

गीतले सधैंझैं दर्शक र श्रोताहरुको माया र साथ पाउने गायकको बिश्वास छ ।

हेर्नुहोस गीतको म्युजिक भिडियो:-

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार