“सहिद र स्यालुट”

– भानुभक्त आचार्य

सहिद हुनेलाई सहिद बनाउनेले
नाटकीय रुपमा स्यालुट गर्दा
मनभरि उकुसमुकुस प्रश्न उठ्छन्
त्यो स्यालुटवाला के सोच्दै होला ?

त्यो सालिकमा भएको व्यक्ति
साँच्चिकै चेतनायुक्त थियो भने
स्यालुट खाएर मख्खै पथ्र्यो कि
तर्सेर ज्यान जोगाउन भाग्थ्यो ?

आज पात्रहरु फेरिएका छन्
पात्रको भूमिका फेरिएको छ,
समय सन्दर्भ बदलिएको छ,
तर, नाटक सधैंसधैं उही छ —

“फरक बिचारलाई सिध्याउने,
आफू मात्रै बाँच्ने अनि अरुलाई
सके हनुमान नसके सहिद बनाउने,
अनि सालिकमा स्यालुट हान्ने ।”

युद्धअपराधको पश्चाताप बिनाको,
निहत्थालाई झुक्याएर मारिएको
स्वीकारोक्ति एवम् याचना बिनाको,
मन्त्रीका लाख स्यालुटको के अर्थ ?

© भानुभक्त आचार्य, माघ १६, सहिद दिवस

फोटो : अनलाईनखबर

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार