एनआरएनए पोर्तुगलद्वारा चलचित्र निर्देशक ॠषि लामिछाने र लोकगायक विरु लामालाई स्वागत

Loading...

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्तुगलले नेपालबाट पोर्तुगल आएका चलचित्र निर्देशक ॠषि लामिछाने र लोकगायक विरु लामासँग स्वागत तथा अन्तर्कृया गरेको छ । विहीवार संघको कार्यालयमा अतिथिद्वयलाई एनआरएनकर्मी र उपस्थित नेपालीहरुले स्वागत गरे, सुखद बसाइँको कामना गरे र उज्ज्वल भविष्यको कामना पनि गरे ।

गायक लामाले आफूहरुलाई पोर्तुगलमा स्वागत गरेकोमा आभार प्रकट गर्दै गीत सङ्गीतलाई सदैव माया गरिदिन अनुरोध गरे । निर्देशक लमिछानेले देश हल्ला गरेजस्तो कामै नलाग्ने भैनसकेको उल्लेख गर्दै प्रवासी नेपालीहरुको लगावले समृद्ध बन्दै गैरहेको दावी गरे । लामिछानेको अनुरोध थियो : ‘चलचित्र भनेको संस्क्रिती र ईतिहास हो, त्यसैले यसक्षेत्रमा पनि यहाँहरुलाई लगानी गर्नका लागि अनुरोध गर्दछु ।’

संघका अध्यक्ष कुबेर कार्कीले आफूहरुले सधैं कलाक्षेत्रको शुभेच्छा राख्ने गरेको बताए । उनको भनाइ थियो, ‘हामीहरुबाट सक्दो सहयोग हुने कुरामा प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’

कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोविन्द सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव निराजन सुवेदीले गरेका थिए ।
– नमस्तेनेपाली

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार