एनआरएन अष्ट्रेलियाले बिद्यार्थीलाई बेवास्ता गरेको आरोप – एनआरएनले शुरु गर्यो सर्वेक्षण – तपाईले पनि आफ्ना सुझाव र गुनासा राख्ने कि ?

विद्यार्थीका लागि केही नगरेको गुनासो व्यापक भएपछि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले सरोकारवालाहरुसँग सुझाव मागेको छ । आफुहरुले अष्ट्रेलियामा अध्ययन गर्न आएका विद्यार्थीहरुको लागि जति गरेपनि आरोप आउने क्रम नरोकिएपछि एनआरएन अष्ट्रेलियाले एक सर्वेक्षण गर्ने जानकारी दिँदै कस्ता कार्यक्रम गर्दा र के गर्दा सही हुन्छ सुझाव मागेको हो ।

एनआरएन अष्ट्रेलियाले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०११ देखि हालसम्म विद्यार्थीहरुलाई विभिन्न समस्यामा परेका बेला १ लाख २० हजार डलरभन्दा बढी सहयोग गरेको तथ्यांक समेत दिइएको छ । तथ्यांक यस्तो छ

एनआरए नअष्ट्रेलियाका प्रवक्ता डिला खरेलले एमएनटीभीसँग कुरा गर्दै भने, “सर्वेक्षणमा अनलाइन मार्फत अस्ट्रेलियाभर भरका सम्पूर्ण नेपाली, सरोकारवाला विद्यार्थी, अभिभावक, विभिन्न क्षेत्रका विज्ञ तथा रास्ट्रिय अन्तरास्ट्रिय शैक्षिक संघ संस्था र परामर्श सेवा ९कानुन, शिक्षा, कर, लेखा, स्वास्थ्य, पानि, यातायात, विभिन्न खाले प्रकोप, वातावरण लगायत मानव जीवन संग सम्वन्धित अन्य सघन क्षेत्र० का सम्वन्धित व्यक्ति हरु वाट उनीहरुको रचनात्मक र सकारात्मक राय, सल्लाह र सुझाव मागेका छौं ।”

मत सर्वेक्षण मिति १७ जनवरी २०१९ मा शुरु भई १ फेब्रुवरी २०१९ सम्म चल्ने बताइएको छ ।

मत सर्वेक्षणका लागि यस लिंकमा क्लिक गरि आफ्नो मत राख्न सकिने छ |

एन आर एन – बिद्यार्थी मत सर्वेक्षण

विद्यार्थीहरुलाई सदस्यता दिन नेपालको कानूनले नै रोक लगाएका कारण आफुहरुले केही गर्न नसक्ने भन्दै एनआरएन अष्ट्रेलियाले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले याँहा को स्थानीय वस्तुस्थिति लाइ मध्यनजर गर्दै आफ्नो विधान परिमार्जन गरि विधार्थीहरुलाई भोट दिन नपाउने एशोशिएट मेम्वरसिपको प्रवधान ल्याएको पनि उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार