एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान – सार्वजनिक कार्यक्रममा उपस्थित नहुनेहरुले चर्काचर्का कुरा गर्नु समाजका लागि घातकहुने र समाजमा विखण्डन ल्याउने सहभागीहरुको भनाई

Loading...

एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान – सार्वजनिक कार्यक्रममा उपस्थित नहुनेहरुले चर्काचर्का कुरा गर्नु समाजका लागि घातकहुने र समाजमा विखण्डन ल्याउने सहभागीहरुको भनाई

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले विभिन्न नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा एकमुष्ट शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । उँधौली, योमरी पूजा, तमु ल्होछार, माघे संक्रान्ति, सोनाम ल्होछार र ग्याल्बो ल्होछारको शुभकामना आदानप्रदान तथा भेटघाट लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए आइसीसी सदस्यद्वय नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष हेम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोबिन्द पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पा, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदीप पौडेललगायतले उपस्थित सबैले शुभकामना व्यक्त गरेका थिए ।

पोर्तुगलमा पहिलोपटक एनआरएनएले आदिवासी जनजातिहरुका चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्ने परम्पराको थालनी गरिएको छ । यसरी ६ वटा चाडपर्वहरुको अवसरमा शुभकामना राखिएको भए पनि अत्यन्तै थोरै मात्रै जनजातिहरुको उपस्थिति रहेकोमा संघका अध्यक्षले दुखेसो पोखे । सहभागीहरुले सार्वजनिक कार्यक्रम र छलफलमा उपस्थित नहुनेहरुले चर्का चर्का कुरा गर्नु समाजका लागि राम्रो नहुने र समाज बिखन्डन हुने गुनासो पोखे ।

कार्यक्रममा लिस्बनमा सन् २०१३ बाट लगातार उत्कृष्ट सुचीमा सुचीकृत रेष्टुरेन्ट एभरेष्ट मोन्त्यान्या यो बर्षपनि उत्कृष्ट ठहरिएको अवसरमा एन आर एन ए आसिसी सदस्य एवं नेपाली ब्यबसायी नरेन्द्र हमाललाई अध्यक्ष कुबेर कार्कीले सम्मान गरेका थिए । अल्भलादे, लिस्बोनमा रहेको उक्त रेस्टुरेन्ट लिस्वन नगरपालिकाले छनोट गर्ने लिस्वा प्रोभा कार्यक्रम २०१८ मा पनि उत्कृष्ट रेष्टुरेन्टको सूचीमा परेको हो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार