बेलायती प्रधानमन्त्री आफ्नै पार्टीबाट पनि अल्पमतमा, हाउस अफ कमन्समा हार

एजेन्सी | बेलायती प्रधानमन्त्री थेरिजा मे नेतृत्वको सरकारले तल्लो सदन हाउस अफ कमन्समा हार बेहोरेको छ ।

मेले प्रस्तुत गरेको यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) योजनामा मेकै पार्टीका सांसद डोमिनिक ग्रिभले पेश गरेको संशोधन प्रस्तावमा बुधबार मतदान भएको थियो ।

उनको आफ्नै पार्टी कन्जर्भेटिभका केही सांसदहरुले संशोधन प्रस्तावको पक्षमा मत दिएपछि उनको सरकारले हार बेहोर्नु परेको हो ।

संशोधन प्रस्तावको पक्षमा ३ सय ८ मत खस्दा, सरकारले पेश गरेको प्रस्तावको पक्षमा २ सय ९७ मत मात्रै खसेको थियो । यस मामिलामा मे काे सरकार अल्पमतमा छ ।

आगामी हप्ता मेको विद्यमान प्रस्तावबारे निर्णायक मतदान हुँदैछ । सो मतदानमा उनले हारिन भने संसदमा त्यसको तीन दिनभित्र नयाँ ब्रेक्जिट योजना पेश गर्न मे बाध्य हुने छिन् ।

यसअघि, मंगलवार पनि तल्लो सदनमा बिना कुनै सम्झौता इयू छाड्न अप्ठयारो हुने गरी ब्रेक्जिट सम्झौतामा गर्न लागिएको संसोधनमा सांसदहरुले सरकारलाई हराएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार