चौधरीलाई शपथ खुवाउन सरकारले बाध्य पार्‍यो : सभामुख महरा

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलार्इ सरकारकाे दबावमा शपथ खुवाएकाे संघीय सांसदका सभामुख कृष्णबहादुर महराले स्पष्ट पारेका छन् । सरकारले बाध्य पारेकाले चौधरीलाई शपथ खुवाएको उनले बताए ।

आफूले शपथ नगराउने भन्दै गर्दा सरकारले कार्यकक्षामा नै चौधरीलाई ल्याएकाले बाध्य भएको महराले दाबी गरे । सरकारले ल्याएमा वा निर्वाचन आयोगले दिएको चुनाव जितेको प्रमाणसहित सभामुख कक्षमा आए शपथ गराउनु पर्ने प्रावधान रहेको उनले बताए । चौधरीलाई सपथ खुवाए पनि निलम्बित सांसद भएकाले अदालतमा मुद्दा चल्ने उनको भनाई थियो ।

सभामुख महराले सदनमा सांसदले मन्त्री तथा प्रधानमन्त्रीलाई प्रश्न गर्ने वातावरण बनाएपछि सहज भएको बताए । गत आइतबार संसदमा असहजता देखिए पनि अब त्यस्तो नहुने दाबी गरे । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने माग राखेको जिकिर गर्दै प्रश्नोत्तर कार्यक्रम सुरु भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार