कहीकतै न्याय नपाएपछि राष्ट्रसंघ कार्यालय पुगिन् गंगामाया

काठमाडौं । छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन् ।

बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् ।

उनले नेपाल सरकारबाट न्यायको कुनै आश नभएकाले अन्तराष्ट्रिय निकाय गुहार्नुपरेको प्रतिक्रिया दिइन् । ‘यो सरकारले न्याय दिन्छ भन्ने कुनै आशा छैन, अब मैले अन्तराष्ट्र (अन्तर्राष्ट्रिय निकाय) गुहार्ने हो’ उनले भनिन् ‘मेरो सिउँदो पुछ्ने सरकारले मलाई कहाँ न्याय दिन्छ ?’

२०६१ साल साउनमा चितवनमा तत्कालिन विद्रोही नेकपा माओवादीबाट हत्या भएका गोरखा फुजेका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनका बाबुआमा आमरण अनसन बसेका थिए । अनसनकै क्रममा बुबा नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ भने आमा न्यायको खोजीमा छिन् ।

संयुक्त राष्ट्रसंघ नेपाल कार्यालयका प्रतिनिधिले न्याय पाउने आशामा बस्न आग्रह गरेको गंगामायाले प्रतिक्रिया दिइन् । ‘हामी न्याय दिलाउँछौं, तपाई आशामा बस्नुहोला भन्नुभएको छ’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार