मलाई कसैले हटाएको छैन, हल्लाको पछि नलाग्नुस् : राजदूत शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफुलाई कसैले बर्खास्त नगरेको स्पष्टीकरण दिएकी छिन् । राजदूत शेर्पाले बजारमा आएको बर्खास्तीको कुरा हल्ला मात्र भएको बताइन् ।

उनले भनिन्, “यस विषयमा मैले सचिवसँग कुरा गरें । उहाँले यस्तो कुनै प्रस्ताव पनि थिएन निर्णय पनि भएको छैन भन्नुभो । यस्तै मैले यसै विषयमा तीन जना मन्त्रीसँग भेरीफाई गर्न खोजेको हो कसैले पनि यस्तो निर्णय हो भनेको छैनन् ।”

राजदूत शेर्पाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेट भएको स्वीकारिन् । मेरो भेट भएको हो । बालुवाटारमा उहाँहरुले बोलाउनुभयो । म भेट्न गएकी थिएँ । तर, त्यस्तो कुनै निणृय भएको छैन । मन्त्रिपरिषद्को निर्णय के हो कस्तो हो भन्ने आधिकारिक जानकारीको लागि कम्तिमा बिहीबारसम्म कुर्न पनि राजदूत शेर्पाले आग्रह गरेकी छिन् ।

अष्ट्रेलियामा राजदूत शेर्पाका चालक वांग्छु शेर्पाले मानव तस्करीको गघन्य आरोप लगाएपछि यस विषयमा बुझ्नका लािग परराष्ट्र मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो । उनी तयसपछि करिब तीन सातादेखि उतै छिन् । यस विषयमा कुनै निर्णय नहुँदा अन्योल बनेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार