पत्याउनै नसक्ने घटना : दश बर्षदेखि कोमामा रहेकी महिलाले कसरी जन्माईन बच्चा ?

अमेरिका । विश्वमा अचम्म र आश्चर्य लाग्ने घटनाहरु घटिरहन्छन् । कतिपय रहस्यहरु सुल्झन्छन पनि तर कतिपय घटनाहरु विज्ञान र आधुनिक खोजलाई पनि झुक्याउँदै रहस्यकैरुपमा विलिन बन्छन । हालै अमेरिकामा घटेको यस्तै एउटा घटनाले सबैलाई आश्चर्यचकित पारेको छ । दश बर्षदेखि अस्पतालको कोमामा रहेकी एक महिला आमा बनेकी छिन् । उनले जन्म दिएको बच्चाको स्वास्थ्य पनि एकदम ठीक छ त्यसमाथि ।

अमेरिकाको एरिजोनास्थित फिनिक्स इलाकामा रहेको हेसिंडा हेल्थ केयरमा विगत एक दशकदेखि कोमामा रहेर उपचाररत ति पीडित महिलाले बच्चालाई जन्म दिएपछि यतिखेर यो घटना थाहा पाउने सबै हैरानीमा परेका छन् । यो घटना पछि फिनिक्स प्रहरीले ति विमार महिलामाथि कतै यौन उत्पीडन त भएन भनेर सुक्ष्म अनुसन्धान थालेको छ ।

हेसिंडा हेल्थ केयरले यसबारेमा थप जानकारी भने केही दिन मानेको छैनन् । उस्ले यो घटनालाई मात्र ‘अचम्म’ भनेको छ । हेसिंडा हेल्थ केयरको तर्फबाट जारी विज्ञप्तीमा ‘यो घटनाको विषयलाई लिएर अन्तिम अवस्थामा मात्र थाहा हुनु हाम्रो लागि खेदजनक हो, आफ्नो जिम्मामा रहेको विमारीको सुरक्षा र रेखदेख हाम्रो दायित्व पनि हो । ’ हेल्थकेयरले प्रहरीले सुरु गरेको अनुसन्धानलाई खुलेर सहयोग पनि गरिरहेको छ ।

अमेरिकी टिभी च्यानल सीबीएसका अनुसार नवजात शिशुको अवस्था राम्रो छ । सुत्रलाई उदधृत गर्दै सीबीएसले यो पनि उल्लेख गरेको छ कि ति विरामी महिलाले बच्चा जन्माउदैछन् भन्ने विषय हेल्थ केयरको कुनै एक जना स्टाफलाई समेत थाहा थिएन । बच्चालाई जन्म दिएपछि मात्र हेल्थ केयरका स्टाफहरुले थाहा पाएका थिए ।

तर महिलाको बारेमा भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
फिनिक्स प्रहरीले घटनामा केन्द्रित रहेर गम्भीर अनुसन्धान सुरु गरिएको बताएको छ । तर उस्ले यसबारेमा अहिले नै केही भन्न मिल्ने अवस्था नरहेको पनि प्रष्ट पारेको छ ।

ति विमार महिलाले गत डिसेम्बर २९ मा एक शिशुलाई जन्म दिएकी थिइन् । विमार महिलामाथि प्रत्येक पल निगरानी र हेरचाह आवश्यक थियो , जस्को कारण उनलाई राखिएको उपचार कक्षमा हेल्थ केयरका स्टाफहरुको आवतजावत भइरहन्थ्यो ।

यो घटनापछि हेल्थ केयरले भने आफ्नो अस्पतालको नियमहरुमा केही परिवर्तन गरेको छ । यदि कुनै महिला विरामीलाई हेर्न पुरुष कर्मचारी गए उसंग हेल्थ केयरको महिला कर्मचारीको उपस्थिति पनि अनिवार्य बनाइएको छ ।

हेल्थ केयरका प्रवक्ता डेविड लिबोविट्जले यो घटनाको बारेमा अनुसन्धान चाँडै टुंगिएर वास्तविकता जनता समक्ष पुगोस् भन्ने हेल्थ केयरको चाहना रहेको पनि प्रष्ट पारे ।

एरिजोनाको स्वास्थ्य विभागले पनि यो घटनामा चासो देखाउँदै एक अनुसन्धान टोलीलाई हेल्थ केयरमा पठाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार