पोर्तुगलको अल्गार्व क्षेत्रको लागोवामा घरभित्र एक दम्पती मृत फेला परेका छन्। मृतक दम्पतीहरु अन्दाजी ५० बर्षका भएको बुझिएको छ।
घटनास्थलमा हतियारहरु भेटिएको र मृतक दम्पतिको शरीरमाथि हतियारको प्रयोग भएको देखिएतापनि कसैले हत्या गरेको हो वा आत्महत्या हो, अहिले नै यकिन भन्न नसकिने प्रहरी अधिकारीहरुले बताएका छन्।
घटनाको बारेमा पोर्तुगलको न्यायिक प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतकहरुको पूर्ण बिवरण नखुलाईएको छैन। शनिवार दिउसो १२:०३ बजे प्रहरीले पहिलोपटक घटनाको बारेमा सूचना पाएको बुझिएको छ।