पोर्तुगलमा यसरी मनाईयो छैठौ अन्तराष्ट्रिय टोपी दिवस ( भिडियो सहित् ) – फ्रान्सको आइफल टावरमा पनि भब्यतासाथ मनाइयो टोपी दिवस

इस्वी सम्बत नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिख मनाउदै आइएको अन्तर्राष्ट्रिय टोपी दिवस पोर्तुगलमा पनि भब्यरूपमा सम्पन्न भएको छ । सन् २०१३ को जनवरी १ तारिखबाट शुरु भएको यो छैटौं अन्तर्राष्ट्रिय टोपी दिवस हो ।

एनआरएनए पोर्तुगलको अगुवाई र नेप्लिज जर्नालिस्ट क्लब पोर्तुगल लगायत विभिन्न नेपाली संघ-संस्थाहरुकोको सक्रिय सहभागितामा आज पोर्तुगलको राजधानी लिस्बोनको मार्तिमुनिजमा सयौंको संख्यामा भेला भएका नेपाली समुदायका पुरुष तथा महिलाहरुले आआफ्नो संस्कार र संस्कृति अनुसारको टोपी लगाएर नेपाली टोपी दिवस मनाएका छन् ।

सो अवसरमा टोपी दिवसको सन्दर्भमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाली टोपी अभियानका एकजना अगुवा तथा नेपाली जर्नालिस्ट क्लब पोर्तुगलका राजकुमार थापाले टोपीको बिबिधता, महत्व र पहिचानको बारेमा प्रकाश पारेका थिए । एनआरएनए आसिसी सदस्य नरेन्द्र हमालले शुभकामनाका दिएको उक्त कार्यक्रममा सहभागी सबैमा एनआरएनएन पोर्तुगलका कार्यबाहक अध्यक्ष गोविन्द सापकोटा धन्यवाद दिएका थिए, कार्यक्रमलाई एनआरएनए पोर्तुगलका महासचिव निराजन सुवेदीले आकर्षकढंगले संचालन गरेका थिए ।

आलेन्तेजुमा पहिलो पटक टोपी दिवस

पोर्तुगलको राजधानी लिस्बन बाहिर पनि टोपी दिवस मनाइएको खबरहरु प्राप्त भएका छन् । एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरेको अगुवाईमा जनसम्पर्क समिति क्षेत्रीय समिति समेतको सहभागितामा आलेन्तेजुमा टोपी दिवस मनाइएको छ । नेपाली झन्डा सहित उपस्थिति महानुभावहरुले टोपी सबै नेपालीको शान, मान र पहिचान भएको भन्दै गौरव महशुस गरेका थिए ।

फ्रान्सको आइफल टावरमा भब्यतासाथ मनाइयो टोपी दिवस

गोर्खाली समाज फ्रान्सको आयोजनामा यहि १ जनवरि २०१९ का दिन फ्रान्सको आइफल टावर अगाडी टोपी दिवस तथा नयाँ बर्ष २०१९ को शुभकामना आदानप्रदान कार्यक्रम भब्यरूपमा सम्पन्न भएको छ। ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नारा सहित नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावर मा टोपी दिवस मनाएका हुन ।

समाजले आयोजना गरेको टोपी दिवस कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन ए फ्रान्सका आइ सी सी सदस्य सुबर्ण बिक्रम हमाल, एन आर एन ए फ्रान्सका भु पु अध्यक्ष निर्मल अर्याल, एन आर एन ए फ्रान्सका भु पु आइ सी सी सदस्य मिन जिसी, एन आर एन ए बेल्जियमका आइ सी सी सदस्य निशान सापकोटा, मोना फ्रान्स का अध्यक्ष हेम बानियाँ, एन आर एन ए फ्रान्सका भुपु उपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समिति का उपाध्यक्ष शिबराम भण्डारी, बेलायतबाट आउनुभएका प्रा.डा. कुल लुइटेल, समाजका सदस्य सुजन बानियाँ , सुजन राज भट्टले आफ्नो मन्तब्य सहित टोपी सम्बन्धी कविता, गीत, भनाइ समेत प्रस्तुत गर्नुभएको थियो। भने अध्यक्ष सुरेन्द्र काप्रीले सहभागी सबैमा धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभयो।

राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उद्येश्य सहित विगत ५ बर्षदेखी अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार