लोभ लाग्दी एलिना – रुप मात्रै होइन, कलामा पनि उत्तिकै निपुर्ण

काठमाडौं – पछिल्लो समय कलाक्षेत्रमा युवापुस्ताको आगमन बढ्दो छ । भविश्य निर्माणको उदेश्यसहित कलाक्षेत्र रोज्ने धेरै छन् । तर सफलता भने थोरैले पाएको देख्न सकिन्छ । ती मध्येकी एक हुन्– एलिना गुरुङ । एलिना पछिल्लो समय गुरुङ फिल्म र म्युजिक भिडियोमा व्यस्त छिन् । गुरुङ फिल्म ‘रिजे नासा’ बाट अभिनयमा डेब्यु गरेकी उनका केही गुरुङ फिल्म र आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भएका छन् ।

केही विज्ञापनमा समेत अभिनय गरेकी उनको नेपाली फिल्म अभिनय गर्ने रहर पनि छ । सुन्दर अनुहार र आकर्षक शरीरकी धनी एलिना नृत्यमा समेत पोख्त छिन् । आफुमा भएको यी नै गुण नेपाली फिल्म खेल्ने योग्यता भएको उनी बताउँछिन् ।

स्याङ्जामा जन्मेर हुर्केकी एलिनाको शालिन स्वभाव र हसिलो अनुहार अर्काे आकर्षक पक्ष पनि हो । संघर्ष र मेहनतले एक दिन सफलताको शिखर चुम्ने सोच रहेकी उनको नेपाली फिल्मको सफल नायिका बन्ने लक्ष्य छ । ‘संघर्ष नै संघर्षको पहाड जीवन हो’ जीवनको बारेमा उनजको बुझाइ रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार