पोर्तो निवासी एक पोर्तुगिज नागरिकलाई ११ बलात्कारको अभियोगमा फ्रान्समा १३ बर्ष कैद सजाय भएको छ। बलात्कारको अभियोग लागेका उनलाई पोर्तुगलको न्यायिक प्रहरीले पक्राउ गरी मार्सिले फ्रान्स पठाईएको अधिकारीहरुले बताएका छन्।
गिरफ्तार आदेशको आधारमा पोर्तुगलको प्रहरीले अभियुक्तलाई बिहिवार पक्राउ गरेको हो। पक्राउ परेका ४९ बर्षीय पोर्तुगिज नागरिक फ्रान्सको मार्सिले क्षेत्रमा निर्माण सम्बन्धी कार्य गर्दथे र पोर्तुगलको पोर्तो जिल्लामा मार्को दे कानावेसेका बासिन्दा रहेका थिए। बलात्कारको यो घटना सन् २०१३ देखिको रहेको बताईएको छ।