पोर्तुगलमा पछिल्लो ४८ घण्टामा सडक दुर्घटनामा १० को मृत्यु

क्रिसमस चाड नजिकिएसंगै पोर्तुगलमा सडक दुर्घटनामा वृद्धि भएको छ। चाडवाडको समयमा दुर्घटना कम गर्न जीएनआर GNR ले शुरु गरेको चेकजाँच र सडक दुर्घटना नियन्त्रण अप्रेसनमा पछिल्लो ४८ घण्टामा पोर्तुगलको सडक दुर्घटनामा १० को मृत्यु भएको तथ्यांक रेकर्ड भएको छ।

पछिल्लो १२ घण्टामा सडक दुर्घटनामा ३ जानाले ज्यान गुमाएका छन् भने शनिवार मात्रै सडक दुर्घटनाका २५९ घटना रेकर्ड गरिएको छन् जसमा २ को मृत्यु र ६ जनाको अवस्था चिन्ताजनक छ।

पोर्तुगलमा सडक दुर्घटनामा मात्रै पछिल्लो एक बर्षमा ३ जना नेपालीले ज्यान गुमाईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार