दाङ बस दुर्घटना अपडेट : १६ को मृत्यु ,१३ जना घाइतेको (नामसहित)

दाङ । सल्यानको कपुरकोटबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ । भने १३ जना गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा जुम्ला तातोपानि गाँउपालिका १४ बस्ने हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ का कुशेन्द्र खत्री,घोराही उप–महानगरपालिका १५ का १७ की समिक्षा रोकाया,अछाम मंगलसेन नगरपालिकाका १८ बर्षिय बिक्रम भण्डारी, रुकुम त्रिबेणी गाँउपालिका ३ का १६ बर्षीय प्रेम बहादुर खड्का,घोराही उप–महानगरपालिका १९ स्यूजा १७ बर्षीय मेनुका रिजाल, घाईते भएका छन ।

यस्तै जुम्ला चन्दनाथ गाँउपालिका २ का १७ बर्षीय जिबन भण्डारी,सोही गाउँपालिका ४ का १६ बर्षीय की पर्सा रोकाया,अछाम मंलगसेन नगरपालिका १९ बर्षीय यूवराज ढुंगाना,र रुकुम सानोभेरी गाँउपालिका ३ का १६ बर्षीय रोजिना पुन गम्भिर घाईते र उनीहरुलाई थप उपचारका लागी नेपालगंज रिफर गरिएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।सल्यानबाट दाङ आउँदै गरेको बा २ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि १३ जना पुरुष र ३ महिलाको शव प्रहरीले फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिनुभयो ।प्रहरीले घटना स्थलमा उद्धार कार्यजारी राखेको बताएको छ ।

बस सडकबाट झण्डै आठसय मिटर तल खसेको छ । बस कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको बस शैक्षिक भ्रमणको लागी गएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार