प्रदेश ७ : प्रदेश राजधानी र राजधानी नजिकै घर भएका सांसद राज्यको ढुकुटीबाट भाडा बुझ्दै

प्रदेश राजधानी र राजधानी नजिकै घर भएका प्रदेशसभा सदस्यले समेत राज्यको ढुकुटीबाट घरभाडा लिएर बस्ने गरेका छन । प्रदेश राजधानीमा घर नभएका सदस्यलाई घरभाडा दिने नियम भएपनि सुदूरपश्चिम प्रदेशका सांसदहरुले राजधानीमै घर भएर पनि प्रदेश संसद सचिवालयबाट महिनै पिच्छे घर भाडा लिइरहेका छन् ।

संसद सचिवालयका अनुसार राजधानीमा घर भएका र नभएका सबै प्रदेशसभा सदस्यहरुले घर भाडाको रकम लिइरहेका छन् । राजधानी नजिक घर नभएका सांसदहरुलाई राज्यको ढुकुटीबाट घर भाडा बापत निश्चित रकम दिइने गरीएको छ ।

तर यो सुविधाको फाइदा उठाउँदै सबै साँसदले प्रदेश संसद सचिवालयबाट महिनै पिच्छे घर भाडाबापत रकम लिइरहेका छन् । धनगढी र आसपासमा घर भएका ११ जना सांसदले घर नभएको भन्दै घरभाडा सुविधा लिएको भेटिएको हो । उनीहरुले यस्तो सुविधा महिनै पिच्छे लिइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ५ ख बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्तको धनगढीमै घर छ, तर उनले सचिवालयबाट घर भाडा वापतको रकम लिइरहेका छन् । क्षेत्र नम्बर ५ को क बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरीको घर फुलवारीमा छ । उनले पनि घरभाडा वाफतको रकम लिइरहेका छन् ।

कागं्रेसका समानुपातिक सांसद टेकबहादुर रैकाको धनगढीमै घर छ, नेकपाकी समानुपातिक सांसद शुसिला बुढाथोकीको फुलवारीमा घर छ, राजपाकी समानुपातिक सांसद मालामती रानाको धनगढीमा घर छ, उनिहरुले पनि घर भाडा वाफतको रकम महिनै पिच्छे लिइरहेका छन् । कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद बिरमान चौधरी घरबाटै राजधानी आउने भएपनि घर भाडा वाफत पाइने रकम लिन छोडेका छैनन् ।

कैलाली क्षेत्र नम्बर ४ को क बाट निर्वाचित पुर्व मन्त्री दीर्घ सोडारीको घर धनगढीको शिवनगरमा छ, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरीको घर गोदावरी नगरपालिका क्षेत्रमा पर्छ तर उनिहरुले घरभाडा वापतको रकम लिइरहेका छन् । नेपाली कागं्रेसमा बौद्धिक नेताका रुपमा चिनिने भरत खड्का डोटीबाट निर्वाचित सांसद हुन्, उनको धनगढीमा पनि घर छ तर उनले पनि घरभाडाको रकम छोडेका छैनन् ।

काँग्रेसकै साँसद दिव्येश्वरी शाहले पनि धनगढीमै घर भएर पनि घरभाडा लिइरहेकी छिन् । कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देबराज पाठककोपनि धनगढीमा घर छ तर उनलेपनि महिनै पिच्छे घर भाडा वाफतको रकम लिइरहेका छन् । घर भाडा वापतको रकमका लागी सांसद सचिवालयमा निबेदन आएकाले सबै सांसदहरुले घर भाडाको रकम पाइरहेको सांसद सचिवालयका सचिव बलराम सर्माले बताए ।

सांसद सचिवालयका अनुसार सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदहरुले घर भाडा वापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ । घर भाडा वाफत बिपक्षी दलको नेताले २० हजार, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिहरुले १८ हजार, सत्ता पक्षको सचेतक र बिपक्षी दलको प्रमुख सचेतकले १८ हजार र सांसदहरुले १७÷१७ हजार रुपयाँ मासिक रुपमा पाउने प्रावधान छ ।

सांसदहरुलाई फर्निचर खर्च वाफत जम्मा १÷१ लाख रुपयाँ दिने प्रावधान अनुसार सुदूरपश्चिमका सबै सांसदहरुले सो रकमपनि लिइसकेका छन् । सांसद सचिवालयका पदाधीकारीको सेवा सुबिधा तथा तलव भत्तामा मात्रै मंसिरसम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ रुपयाँ खर्च भएको उनले बताए ।

धारा बिजुलीको २ हजार, संचार सुबिधा वाफत ३ हजार सबै सांसदहरुले लिने गरेको सांसद सचिवालयका सचिव सर्माले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार