काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली आर्मी क्लबलाई १-० ले पराजित गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मनाङलाई विजयी गराउन विशाल राईले एकमात्र मात्र निर्णाय गोल गरे।
यो जितसँगै मनाङ लगातार आठौं खेलसम्म अपराजित टोली बनेको छ। मनाङका लागि खेलको ३१औं मिनेटमा विशालले गरेको गोल नै निर्णायक बनेको हो। तस्बिर : सुनिता डंगोल