लिस्बन । मगर समाज पोर्तुगलको पाँचौ अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट चोपकुमार राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा हुतराज पुन मगर, उपाध्यक्षहरुमा मनिता बुढाथोकी मगर, सुवास पुन मगर, रामबहादुर पुन मगर, ओम घर्ती मगर, महासचिवमा कमल पुन मगर, सचिव तेज गाहा मगर, सह सचिव रविन थापा मगर, कोषाध्यक्ष रुक्मणी तिलिजा मगर, र सह कोषाध्यक्षमा विनोद राना मगर निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा रामजी राना मगर, दुर्गा थापा मगर, गोविन्द थापा मगर, दुर्गा रोका मगर, रौनक पिठाकोठी मगर, धनबहादुर थापा मगर, दुर्गा पाइजा मगर, धनु थापा मगर, असीम थापा मगर, अप्सरा राना मगर,जीवन रोका र खोम तरामु मगर रहेका छन् । दुई सदस्य पछि चयन गरिने बताइएको छ ।
शुभकामना मन्तव्य दिदै वक्ताहरुले संघ संस्थाप्रति पोर्तुगलवासी नेपालीहरुको वितृष्णाप्रति चिन्ता प्रकट गरेका छन् । संघ संस्थाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन गम्भीर छलफल हुनुपर्ने कुरामा पनि उनीहरुले जोड दिएका छन् । उद्घाटन सत्रमा पर्यटनदूत रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य नरेन्द्रबहादुर हमाल, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरे, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोवीन्द पौडेल, नेपाली जनप्रगतिशील मञ्चका कावा अध्यक्ष डोलराज भण्डारी, नेपाली संघिय समाजका अध्यक्ष सोम शेर्पा र अन्तरराष्ट्रिय नेपाली समाज पोर्तुगलका अध्यक्ष धनराज शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, मगर समाजका सल्लाहकार नारायणकाजी थापा मगर, तमु समाज पोर्तुगलका अध्यक्ष प्रितम गुरुङ, शेर्पा सोसाइटीका अध्यक्ष ओङ्गेल लामा, म्याग्देली प्रवासी नेपाली संघ (मोना) पोर्तुगलका अध्यक्ष कुमार राम्जाली, मगर समाज जापानका पूर्व महासचिव यामेन्द्र घर्ती मगरलगायतले पनि आ आफ्नो शुभकामना मन्तव्य दिएका थिए । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरले पठाएको शुभकामना पत्र पनि वाचन गरिएको थियो ।
कार्यक्रमको बीच बीचमा सुवास पुन र तेज गाहा मगरले साँस्कृतिक प्रस्तुति राखेका थिए । इमान बुढा मगर र दुर्गा थापाले गायकद्वयलाई वाद्यवादनमा सहयोग पुर्याएका थिए । कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष चोपकुमार रानाको अध्यक्षतामा सचिव कमल पुनले सञ्चालन गरेका थिए ।