न्यायका लागि कविता – तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ !

– सुरेश बुढाथोकी

मेरो बालखा अन्जान छोरो समेत
ढुकुर छोपेर सु-सु गर्छ !

तर तिन करोड नेपालीको अभिभावक सरकार
अखबारको फ्रण्ट पेजमा
निर्लज्ज सु-सु गरिरहेछ !

संसारमा लाज भन्ने पनि यौटा चिज हुन्छ यार,
ओ ! सरकार आउ मेरो बस्तीमा
छोप लाज,
म तिमिलाई यौटा पेन्टी
उपहार दिन चाहन्छु !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार