कतिपय मानिसलाई जाडो महिनामा रुघाखोकीले सताउने गर्दछ। यसको उपचारका लागि एन्टिबायोटिक औषधीको प्रयोग गर्नुभन्दा घरेलु उपाय धेरै लाभदायक, सस्तो र प्रभावकारी हुन्छ। विभिन्न भाइरसले रुघाखोकी लाग्ने हुन्छ, जसमा ‘राइनो भाइरस’ ले प्रमुख भूमिका खेल्छ।
रुघाखोकी लाग्दा नाकबाट सिंगान बगिरहने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो पनि आउने हुन्छ। रुघाखोकी निको पार्ने यस्ता छन् घरेलु उपायः
१. अदुवा :अदुवालाई टुक्राटुक्रा पारी तातो पानीमा एकछिन डुबाउने। केहीबेरमा त्यो पानीलाई छानेर मह मिसाइ पिउनाले धेरै लाभ मिल्छ। अदुवा रुघाखोकी लागेकोमा एकदमै प्रभावकारी हुन्छ जसले प्राकृतिक रुपमा जीउलाई तातो बनाउने काम गर्दछ। दिनको दुईचार कप अदुवापानी पिउँदा धेरै राहत मिल्छ ।
२. ग्रीन टी : तातो पानी तताएर त्यसमा ग्रीनटी राख्ने। त्यसमा अलिकति मह अथवा कागतीको रस राखी दैनिक दुई–तीन कप सेवन गर्नाले रुघाखोकी चाँडै ठिक गर्न सहयोग गर्छ।
३. मह : महलाई यत्तिकै पनि खान सकिन्छ। नत्र मनतातो पानी वा तातो दूधमा मिसाएर पनि खान सकिन्छ। दैनिक दुई चोटी यसको सेवन गर्नाले खोकी कम हुन्छ।
४. प्याज : प्याजलाई काटेर त्यसमा मह मिसाइ रातभरि हावा लाग्ने ठाउँमा छोडिदिने। बिहान मह मिसिएको प्याजको टुक्रा सेवन दैनिक दुई चोटी खाने गर्नाले भाइरल इन्फेक्सनबाट बचाउनुका साथै नाक बन्द हुनबाट बचाउँछ।
५. मरिच : मरिच पानीको सेवनले पनि नाक बाट पानी बग्ने समस्याबाट छुट्कारा मिल्छ। यसले रुघाखोकी लागेको बेला घाँटीको दुखाइ कम गर्छ।
७. सुकमेल : दिनको दुई पटक मनतातो पानीमा सुकमेलको धुलो र अलिकति महको मिश्रण सेवन गर्दा रुघाखोकी चाँडै निको हुन्छ।