निर्मलालाई न्याय माग्ने १२ जना राष्ट्रपति निवासअघिबाट पक्राउ

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि बोलिदिन आग्रह गर्दै राष्ट्रपति निवास अगाडि पुगेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महाराजगञ्जस्थित राष्ट्रपति निवास अगाडि पुगेका जस्टिस फर निर्मलाका अभियन्ताहरूलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। पक्राउ पर्नेमा अभियानका प्रितम सुवेदीसहित छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४) मा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी आजमात्र पोल्यान्डबाट स्वदेश फर्किएकी छन्। उनी स्वदेश फर्किएको मौका पारेर प्रदर्शनकारीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार