बबी फिल्म टिम युकेले गर्यो सहारा फुटबल क्लब पोखरालाई पचास हजार सहयोग

सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अध्याधिक मन पराएको थियो। यस चलचित्रमा वास्तबमा दुइ जोडीले अन्तरजातीय बिबाह गरेको घटनालाई समेटेको छ । ति जोडी थिए उमेश थापा र कविता गुरुङ उनीहरु आफनै जिन्दगीमा घटेको सत्य घटनालाई आफै नायक नायिक को रुपमा प्रस्तुत भएका छन् ।

यस बबी चलचित्र नेपाल अनि विदेश मा पनि अति मन पराएको हुदा बेलायतमा पनि बबी समूह युके ले गत २३ सेप्टेम्बर बाट बेलायतको विभिन्न शहरहरुमा प्रदर्शन गरेका थिए । यसरी प्रदर्शन गरि मुनाफ भएको रकम बबी समूह युकेले सहारा क्लब पोखरा लाइ सहयोग गर्ने निर्णय गरेका थिए।

गत १ डिसेम्बर २०१८ को साँझ सहारा युकेको दशौ च्यारिटी रात्री भोज को भब्य समारोहमा बबी समूह युकेको तर्फा बाट क्रिस गुरुङ , सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङ ले सहारा युकेको अध्यक्ष्य मिन बहादुर गुरुङ (साइँला) लाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टी र सम्पूर्ण अथिति हरुको माझ पचास हजारहको चेक हस्तान्तरण गरेका थिए। साथै सहारा युकेको तर्फबाट बबी समूह युकेलाई नेपाली राजदूत डा दुर्गा बहादुर सुवदीले प्रसंशा पत्र प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार