जिन्दगीसँग गुनासो: मरेर बाच्न कति दु:ख झेल्नु पर्छ हँ ?

काठमाडाैं । गित संगितको दुनिया चटक्कै छाडेर परदेशिएको म आफैले आफैलाई प्रश्न गर्छु । तर, उत्तर अपुरो पाएको महशुस हुन्छ । घरीघरी त लाग्छ, जीवनका अनेकन रंगहरु रंगहिन बन्दै छन् । होइन जिन्दगी सादा पेपर हो जसमा सुनाैला अक्षरहरुले इतिहाँस कोर्न सके मरेर पनि जिवित भइने रहेछ ।

यस्तै, सोच्दा नेपाली साहित्यका मुर्धन्य व्यक्ति माधव घिमिरेलाई सम्झिन्छु । एक सय वर्षसम्म उनको तेज जस्तो छ, त्यो अरुमा पाइएला या नाई ? अहिलेकै जस्तो धपेडि र पैसाको पछाडि दाैडिदै गर्दा कतै आधा सताब्दी मै बिदा होइने त होइन ? यस्तैमा मनमा फेरि ज्वाला उठ्छ, सम्झिन्छु लक्षीप्रशाद देवकोटालाई । उनी जुन उमेरमा बिदा भएर गए, त्यो समयमा उनले गरेका कामले पनि त उनलाई जिवित गराएकै छ ।

अब जिन्दगीसंग धेरै गुनासासहित थोरै आशाका किरणमा लुतपुति खेल्दै भन्न मन लाग्छ, हे जिन्दगी त सँग मेरा कति धेरै गुनासा छन्, तैले कति धेरै होमवर्क दिन्छस् हैन्, मैले पनि त सबै राम्रो नै गर्ने कोसिस गरेको छु होला । सिक्दै गरेको मान्छे बिगारे पनि हुँला तर पाठ सिक्ने क्रममा भएका गल्तीको त माफ दिन्छ्स नी ?

तैले भनेको मैले कहिले मानेको छैन र हुम? तैले हाँस भन्दा हासिदिएको छु । रुन भन्दा रोइदिएको छु । तैले रमाउन थाल भन्दा रमाइदिने म दु:ख दिदा दु:खी पनि भएकै छु त । तर, तैले मैले भन्दा कहिल्यै मानेको छस? त सङ मेरो धेरै माग के नै छ र साने कुरो माग्छु तर पनि कति तडपाउछ्स तेरो हरेक आदेश पालना गर्ने आज्ञकारी चेलोले भनेको पनि कहिले काहीँ त मान्दिने गर न । होला तेरो बाटो मा हिड्न खोज्दा कमजोरी भए होलान म मान्छु तर, सुधार पनि त गरेको छु नी।

त सँग माग्दा र संघर्ष गर्दा गर्दै मेरो बच्पन गयो यौवन पनि लगभग जान लागिसक्यो तर पनि मेरो माग को बिषयमा चिन्तीत छैनस् । सायद मेरा माग धेरै भएर तलाई पूरा गर्न गाह्रो हुँदै छ होला । त यति धेरै पक्षपाति छस कि कसैलाई अति दिने कसैलाई दिदै नदिने किन यस्तो असमान व्यवहार गर्छस हँ ?

त सँग न्यायको तराजु छैन कि छैन हँ? त सँग मापन गर्ने कुनै साधन छैन हो ? होइन भने कसै लाई भो भन्दा पनि अति नै दिन्छस् कसैलाई रुँदा कराउदा पनि दिदैनस यो त अति भयन र? त जति बैगुनी भय पनि फेरी तेरो बाटोमा नहिडि कसैलाई सुखै छैन । तेरो बाटो यति अप्ठ्यारो छ हिन्न को लागि यति धेरै कठिनाई बेहोर्नुपर्छ जसका कारण न कसैले बाटो देख्न सक्छ न कसैले देखाउन नै । यदि मैले भनेको थोरै मात्र भएपनि दिन सक्छस् बने भन म मेरो अन्तिम स्वास रहेसम्म लड्न तयार छु ।

आखिर अदृश्य भएर कति दिन सम्म म जस्तालाई दुख दिन्छ हँ ? न तलाई देख्न सकिन्छ, न छुन, न हेर्न नै । यदि तलाई देख्न छुन सकिने भएको भए दु:खीहरुले तलाई मारिसक्थे । तैले सुख दिएका भन्दा दुख दिएका मान्छेकै जमात धेरे छ । यदि मिल्ने भए तेरो बाटोमा एउटा न्यायाधीश र न्यायालय राखिदिन्थ्ये । जहाँ न्यायालय र न्यायाधीश ले तेरो असमान व्यवहारको जजमेन्ट गरेर समान व्यवहार गरोस ।

तँ सँग संघर्षले नै जित्ने एउटा नियम चाहि छ जसका लागि धैर्य र मेहनत चाहिन्छ । धैर्य र मेहनतले मृत्युको मुखसम्म पुगेर फर्केको मेरो जीवनका यति धेरै गुनासा छन् तर सबै भनेर साध्य नै लाग्दैन सायद । अन्तिममा म यति भन्छु, परिश्रम मेहनत गरेर फुलिएका मेरा पाखुरालाई मेरै देशका मानिसहरु कहिले सम्झलान ? र भन्लान, आउ तिम्रो अथक परिश्रम देखेर म प्रशन्न छु । तिम्रो मनको राजकुमारीलाई टपक्क टिपेर जीवन र जगतको बारेमा ब्रहमाण्ड घुमाउ । जहाँ धन दाैलत, एेस, आरामसमेत फिक्का बनुन् ।

(लेखक गजमेर हाल पोर्चुगलमा छन् । उनी अक्टोप्याड, मादल, बासुरी लगायतका बाजा बजाउन पोख्त छन्)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार