काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् ।
आइतबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता एवं सह-सचिव रामेश्वर दंगालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनले अहेबको अन्तरवार्तामा पास गराइदिने भन्दै घुस रकम माग गरेका थिए ।
थप अनुसन्धान भइरहेको दंगालले बताए ।