काठमाडाैं । नेपाली सेनाले द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै हुनुपर्ने अडान राखेको छ ।
सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोड निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने तर्क अघि सारेको छ ।
शुक्रबार संघीय संसद अन्तर्गतको विकास र प्रविधि समितिको छलफलमा नेपाली सेनाले निर्माणाधिन सुख्खा बन्दरगाह खोकना नजिकै रहेकाले थप कनेक्टिभिटीको निर्माण कार्य गर्नु नपर्ने भन्दै यसबाट ढुवानीकाे काम समेत सहज हुने तर्क पेश गरेको छ । तर, फर्सिडाेललार्इ बनाउँदा थप कनेक्टिभिटीकाे काम गर्नुपर्ने र ढुवानी समेत खर्चिलाे हुने सेनाकाे निष्कर्ष छ ।
खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्दा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुने उसले भनेको छ । तर, फर्सिडोलमा पुरै प्रक्रिया नयाँ सिराबाट शुरु गर्नुपर्ने अवस्था छ ।
यस्तै सेनाले द्रुतमार्गको अवधारणा अनुसार खोकना प्रस्थान विन्दु हुँदा एक घण्टामा नै तरार्इ पुग्न सकिने भनेको छ । फर्सिडाेल प्रस्थान विन्दु बनाएकाे खण्डमा द्रुत मार्गकाे सारभूत पक्ष नै खण्डित हुने सेनाकाे दाबी छ ।
खोकना प्रस्थान विन्दु हुँदा पूर्व स्वीकृत रेखाकंन बमोजिम निर्माण गर्न सकिने तर, फर्सिडोललाई बनाउँदा नयाँ रेखांकन स्वीकृत गर्नुपर्ने सेनाले प्रष्टिकरण दिएकाे छ ।