चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा कारण छन् । एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी । रक्तनलिहरु खुम्चिनु: जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ । जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ । भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ । त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ । र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ ।
भिटामिन डी को कमी: चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ । यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ । यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ । मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।
जोगिन के गर्ने ? जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने । बरु घाम लागेपछि उठ्ने ।जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने धूमपान नगर्नेसकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा सुप पिउनमा जोड दिने।