काठमाडौं । नेपाली सेनाको एक अधिकारीले पावर लगाएर सडक निर्माण अवरोध गरेपछि भक्तपुर स्थित सुर्यविनायक नगरपालिका ७ गुण्डुमा १३ वर्षदेखि सडक स्तर बसद्धी रोकिएको छ ।
नगरपालिकाको भित्री सडक भएकाले १३ वर्ष अघि नै ट्याक खोलिएपनि नेपाली सेनाका जर्नेल धुब्र्र खत्रीको घर बिचमा पर्ने भएपछि स्तर बृद्धी हुन नसकेको हो । अन्यत्रको सडक फराकिलो बनिसक्दा खत्रीको घर अघिको अवस्था यस्तो छ ।
८ फिटको बाटोलाई २० फिटको बनाउने नगरपालिकाको निर्णयलाई यो घरले चुनौती दिएको छ । अन्यत्र सडकको मध्यभागबाट दाँया बाँया ६-६ फिट कटना गरिएको छ । तर जर्नेल खत्रीको घर अघि भने कटाइएको छैन । उनका घर अगाडिको साटो अर्को साइडमा बढी काटेको छ ।
तर यहाँ खत्रीको घर अघि रहेको श्याम शौजुको घर तर्फ भने अझै बढी काट्ने तयारी भइरहेको छ । जनप्रतिनिधिहरु नै खत्री परिवारले लामो समयदेखि सडकको स्तरवृद्धीमा अवरोध खडा गरेको बताउँछन् ।
यो बिषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई समेत खत्री परिवारले दुरव्र्यवहार गरेका छन् । सडकको दृश्य खिचिरहेका हाम्रा टिभी जर्नलिष्ट माथि जर्नेल खत्रीका भाई राजेन्द्र खत्रीले हाम्रो क्यामेरानै खोस्ने प्रयास गरे । तर सडक अवरोध गरेको बिषयमा क्यामेरामा जवाफ दिन भने कोही तयार भएनन् ।