घाँटी दुखी रहन्छ भने ? यसरी खानुहोस् अनारको बोक्रा !

एजेन्सी : अनारको दानाको जति फाइदा छन्, त्यति नै गुणकारी हुन्छ यसको बोक्रा । अनारको बोक्रालाई सुकाएर त्यसको पाउडर बनाउँनुहोस् र सिसाको बट्टामा राख्नुहोस् । वा त्यसलाई पिसेर रस बनाएर राख्नुहोस् ।

अनारको (वानस्पतिक नाम-प्यूनिका ग्रेनेटम)यो एक फल हो यो फलको रंग रातों हुन्छ।गर्मी मौसममा यसको जुस बनाएर खाने पनी गरीन्छ।यसको दीनहु सेवन गर्नाले सयौं रोग भगाउन पनी सकीन्छ।जस्तै..

मुटु रोगबाट बचाउँछ :
अनारको बोक्रामा धेरै एन्टिओक्सिडेन्ट हुन्छ, जसले मुटुको रोगबाट बचाउँछ । साथै यसले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । १ चम्चा अनारको बोक्राको दुई चम्चा पाउडरलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँनुहोस् ।

बलियो हड्डिका लागि :
कमजोर हड्डीका लागि अनारको दाना निक्कै लाभदायी हुन्छ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन्, जसले हड्डीलाई बलियो बनाउँछ । एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि पिउनुहोस् ।

घाँटी दुख्दा:
यदि घाँटीमा टन्सिल वा कुनै दुखाई भएमा अनारको बोक्राको धुलो पानीमा उमालेर लिनुहोस् । अथवा, बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् । दिनमा धेरै पटक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार