चिसो बढेसगै विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । विशेषगरी, नाक,कान, घाटीमा चिसोबाट समस्या देखिने गर्छ । यि तीन नै एक-अर्का संग जोडिएका अङ्हरु हुन् । यि तीन ओटा मध्ये एउटा पनि समस्या देखियो भने अर्कोमा असर देखिने गर्छ । रुघाखोकि लाग्यो, टन्सिल बढ्यो भने घाटी, कानका साथै नाकका पनि समस्या हुन्छ ।
टन्सिल नाक-कानलाई जोड्ने नली बन्द हुने सम्भावना बढि हुन्छ । त्यसमा पानी जम्ने समस्या हुने हुदा नली नै सुन्निने समस्या हुन सक्छ । त्यस्तै नाकको संक्रमण हुदा नाकमा गएर पनि संक्रमण हुन सक्छ । टन्सिललाई चिकित्सकको भाषामा टन्सिललाईसिस् भनिछ ।
विशेष गरेर यो समस्या बच्चाहरुमा देखा पर्छ भने ठुला व्यक्तिमा पनि हुने गर्दछ । टन्सिल एक लिम्फाईट नामक तन्तुहरुको समुह हो । यो जिब्रोको भित्री भाग, दातको कुना र नाकको हाडमा रहेको हुन्छ । टन्सिलले शरीरमा रहेको रोग प्रति रोगात्मक प्रणालीमा महत्वपुर्ण भुमिका निभाउने काम गर्दछ ।
हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ। यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
जसले श्वास प्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्दछ। यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ। मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ। सामान्य ब्याक्टेरियाहरूमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस आदि पर्छन्।
टन्सिलको समस्याबाट सबैभन्दा धेरै बालबालिका र किशोरवस्थाका मानिस पीडित हुने गर्दछन्। साना नानीहरु जस्ले यस्तो समस्याबारे बताउन सक्दैनन्,त्यस्ता नानीहरुले खाना खान नमान्ने, मुखबाट र्याल निकाल्ने,झागडा गर्ने र ज्वरो आउनेजस्ता लक्षण देखाउँदछन्। यस्ता लक्षणहरु देखाएमा अभिभावकहरुले बच्चालाई विषेशज्ञकहाँ देखाउनु पर्दछ।
रोकथाम तथा घरेलु उपचार- दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने। तातो पानीको बाफ लिने। मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन गर्ने। गलालाई असर पार्ने पदार्थहरू र एलर्जीजन्य तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलाई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ। चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ।
टन्सिल कति प्रकारको हुन्छन् ? के टन्सिल निकालेर फ्याक्न मिल्छ ? निकालेर फ्याकेपछि फेरि आउछ कि आउदै र यस्ले हानी कत्तिको गर्छ ? यसका लक्षण, कारणहरु के के हुन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले इएनटी विशेषज्ञ डाक्टर चन्दन वरुनवाला संग गरेकाे भिडियाे हेर्नुहोस्: