चितवनमा राजमार्ग आसपास रहेका होटलमा गुणस्तरहिन खाद्यान्न विक्रि !

-शरद/प्रकाश,
चितवन,चितवनको राजमार्ग आसपास रहेका होटलमा गुणस्तर अभाव रहेको गुनासो आजको होइन । पटक–पटक अस्वस्थ्यकर खाना खुवाउने गरेको गुनासा आउने गरेका छन् । बेला–बेला अनुगमन पनि हुनेगरेका छन् । अनुगमन कर्मकाण्डि मात्र हुँदा कुनै सुधार हुन सकेको छैन ।

चाडपर्वका बेला यसवर्षपनि चितवनमा पर्ने राजमार्ग आसपासका होटलमा अखाद्यबस्तु बेचविखन रहेको पाइएको छ । यस क्षेत्रमा चाडपर्वमा मात्र होइन अन्यबेला पनि अखाद्यबस्तु बेचविखन हुने गरेको छ । अनुगमन भने यस्तै बेला मात्र हुँदै आएको छ । केही दिन होटल सिलबन्दी गर्ने तर, खासै कारवाहीका प्रक्रिया अघि नबढाउने गरेको तितो यर्थाथ कायमै छ ।
कानूनमा के छ ?

मुलुकी अपराध संहिता २०७४ का केही दफाले कारवाहीको व्यवस्था गरेको छ ।

दफा १०७ः खाद्यपदार्थमा मिसावट गरे
सजायः ५ बर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना
दफा १०८ः निम्न गुणस्तरको खाद्य पदार्थ झुक्याएर बेचे
सजायः ५ बर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना
दफा १०९ः म्याद नाघेका बस्तु बेचे
सजायः तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवान
दफा ११०ः कृत्रिम अभाव पैदा गरे
सजायः पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँ जरिवाना

यी र यस्ता सजाय कानूनमा उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन । यात्रु तथा सर्वधारणा राजमार्ग आसपासका होटलको व्यवहारबाट आजितट छन् । अनुगमन मात्र हुने तर, कारवाही नहुँदा समस्या जस्ताको तस्तै छ ।

होटल सञ्चालक पनि कमजोरी भएको स्वीकार गर्छन् । यसमा सार्वजनिक यातायातका चालक समेत संलग्न हुने गरेको उनीहरुको भनाई छ ।

रामनगर, मुग्लिन र लेवाटारका होटलमा धेरै समस्या रहने गरेको छ । रामनगरको नितेस होटलबाट म्याद गुज्रिएका पेय पदार्थहरु पनि ठूलो परिमाणमा नष्ट गरिएको थियो । थकाली भान्साघर होटल राईस प्यालेसले हरियो स्टीकरको दुरुपयोग गरेको भेटिएको र यसको स्टीकर समेत खारेज गर्नु पर्ने अवस्था देखिएको छ ।

कहिले–काँही हुने अनुगमन खासै प्रभावकारी हुन सकेको छैन । अनुगमनका क्रममा दोषी देखिए हदैसम्मको कारवाही गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार