काठमाडौं । विश्वका कतिपय मुलुकमा अनौठो संस्कृति तथा परम्परा रहने गरेको छ । विवाहको उत्सवमा नेपालमा बेहुलाका जुत्ता लुकाउने परम्परा रहेको छ । युरोपको दक्षिणपूर्वी मुलक रोमानियमा भने बेहुली नै अपहरण गरेर लुकाउने परम्परा रहेको छ ।
विवाह उत्सव जीवनको महत्वपूर्ण पाटोमध्ये एक मानिन्छ । हरेक मुलुकमा विवाहलाई यादगार र रोचक बनाउन धेरै समय अघिदेखि अलग अलग परम्परा रहँदै आएको छ । रोमानियामा बेहुली नै अपहरण गर्ने अनौठो परम्परा रहेको छ । रोमानियाका स्थानीयले सदियौंदेखि विवाहमा यो परम्परा अंगाल्दै आएका छन् ।
यहाँ विवाहकै दिनमा बेहुलाका साथीले बेहुलीलाई अपहरण गर्ने गर्दछन् । बेहुलासँग बदलामा उनीहरु हिस्की वा कुनै रोमान्चक कुराको माग गर्ने गर्छन् । र, शर्त पूरा भएपछि मात्र बेहुली फर्काउने गरिन्छ । कसैलाई कुनै हानी नपु¥याउने यो परम्परा रोमानियाको विवाहको समारोहमा रमाइलोका लागि गर्ने चलन छ ।