नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन । नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् ।
सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । हिजोमात्र जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकीछिन् ।
उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।
जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । मेघा अडिसनका लागि छनौट भएकी मेनुकालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामना…