श्रीमतीको हत्यारा ११ वर्षपछि पक्राउ

-कमल पन्थी, काठमाडौं

२०७५ हत्या आरोपमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई बर्दिया प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका बाँसगढी नगरपालिका ४, का राजाराम थारुलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रप्रसाद मैनाली जानकारी दिनुभयो । श्रीमती खेमपतिको हत्या गरेको अभियोगमा जिल्ला अदालत बर्दियाले २०६४ असार १० गते राजारामविरुद्द १९ वर्ष ११ महिना ८ दिनको सजाय तोकेको थियो ।

यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिका, ६ स्थित एक कटेजबाट साढे २ लाख मूल्य बराबरको ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सरोज क्षेत्रीलाई १५ ग्राम खैरो हेरोईन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी चढेको भे ४ प ९८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सो परिमाणको ब्राउन सुगर बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार