दशैंमा मासु कति र कसरी खाने ? ध्यान नदिए ज्यानै जान सक्छ !

हिन्दु धर्मावलम्बीको पर्व दशैंमा प्राय सबैले मासु खाने गरेका छन् । नहुनेले पनि ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायले मासु खाए पुग्यो भन्ने मान्याता राखिन्छ । गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्ने स्वाथ्यकर्मीहरुले बताउँदै आएका छन् ।

यस्तो चाडबाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले महत्वपूर्ण हुन्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुने बताइएको छ ।

मिर्गौला रोगीले के खाने ?

मिर्गौला रोगीले माछा र सेतो मासु खाँदा राम्रो हुने बताइएको छ । तर बिर्सेर पनि –मुटु, कलेजो, मिर्गौला, आँखा, रगत खान नहुने बताइएको छ ।

मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ । विषाक्त रसायनले मानिसको स्वास्थ्यलाई राम्रो गर्दैन । रोगी मानिसले त्यस्ता रसायन भएको मासु खाँदा रोगीमाथि रोगी हुन्छन् ।

माछा मासु कति खाने ?

-सेतो मासु बढीमा ५ टुक्रा ।
–माछा २ देखि ३ टुक्रा ।
–अन्डा १ देखि २ वटासम्म ।
–रोतो मासु २ देखि ३ टुक्रा ।
बाँकी सुझावहरु !

–घाम र धूवाँमा सुकाएको मासु नखाने ।
–सामान्य फ्रिजमा राखिएको मासु दुई/तीनपछि नखाने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार