दशै विशेष सांस्कृतिक कार्यक्रममा धमाका मच्चाउन चर्चित गायकद्वय सुनिल गिरी र तुल्सी शिवाकोटी साइप्रस आउने भएका छन्


साइप्रस । गैर आवसीय नेपाली संघ (एनआरएनए) साइप्रसको आयोजनामा आउँदो आइतबार दसैं विशेष कार्यक्रम हुने भएको छ।
साइप्रसमा रहेका नेपाली समुदायबीच वडा दशैको शुभकामना आदानप्रदान गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको आयोजक एनआरएनए साइप्रसले जनाएको छ।
दशै टिका सहित शुभकामना आदानप्रदान र भव्य सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत हुने भएको हुँदा सम्पूर्ण साइप्रसबासी नेपालीलाई उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिन आयोजकले अनुरोध गरेको छ।

उक्त कार्यक्रमबाट उठेको रकम निर्माणधिनको अन्तिम अवस्थामा रहेको एनआरएनए साइप्रस द्वारा सन्चालन गरिने सेफ हाउसको लागि खर्च गरिने भएको छ।
आउँदो आइतबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निकोशियाको ओहि आउन्ड नजिकैको रेड म्युजिक क्लबमा हुने उक्त दशै विशेष सांस्कृतिक कार्यक्रममा धमाका मच्चाउन चर्चित गायकद्वय सुनिल गिरी र तुल्सी शिवाकोटी साइप्रस आउने भएका छन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार