कांग्रेसकाे अाकस्मिक बैठक : पूर्वमन्त्री बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित, यस्ताे छ शाेक कार्यक्रम

काठमाडाैँ । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको अाकस्मिक बैठक बसी पूर्वमन्त्री तथा पूर्वराजदूत समेत रहेका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधनमा शाेक प्रस्ताव पारित गरेकाे छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका बाँस्ताेलाकाे गत राति खुमलटारस्थित उहाँकै निवासमा उपचारकै क्रममा निधन भएको थियाे । अाज बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठकले नेता बाँस्ताेलाकाे निधनप्रति दु:ख व्यक्त गर्दै शाेक प्रस्ताव पारित गरेकाे हाे ।

नेता बाँस्तोलाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति पार्टीले उच्च सम्मान प्रकट गर्दै शाेक प्रस्ताव पारित गरेकाे हाे । अाकस्मिक बैठकपछि जारी प्रेस वक्तव्यमा भनिएकाे छ, ‘उहाँको निधनबाट नेपाली राजनीतिले एक बाैद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको छ ।’

नेता बाँस्तोलाको निधनबाट नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको बैठककाे ठहर छ । ‘जीवनका कठिन घडीमा पनि अदम्य साहस प्रदर्शन गर्न सक्ने अनुकरणीय र साहसी नेताको रुपमा उहाँ हाम्रो स्मृतिमा रहिरहनु हुनेछ,’ विज्ञप्तीमा भनिएकाे छ ।

बैठकले उहाँकाे निधनमा १ मिनेट मौन धारण गर्नुका साथै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति ‘गहिरो समवेदना’ समेत प्रकट गरेकाे हाे । साथै दिवंगत बाँस्तोलाको आत्माको चीर शान्तिको कामना समेत बैठकले गरेकाे छ ।

काे हुन् नेता बाँस्ताेला ?
वि.सं. २००३ मा जन्मिनुभएका नेता चक्रप्रसाद बाँस्तोला नेपाली कांग्रेसका नेता एव‌ं पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्याे । उहाँ नेपाल सरकारको गृह, परराष्ट्र लगायत विभिन्न मन्त्रालयमा मन्त्री समेत हुनुभएकाे थियाे । साथै भारतका लागि नेपालका राजदूत समेत उहाँले राजनीतिक एवं कूटनीतिक क्षेत्रमा याेगदान पुर्याउनुभएकाे छ ।

स्वर्गीय बाँस्तोला २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा गम्भीर मस्तिकघात भई अचेत हुनुभएको थियो । साे बेलादेखि नै उहाँकाे खुमलटारस्थिन अाफ्नै निवासमा उपचार गराइँदै अाएकाे थियाे ।

विद्यार्थी जीवनदेखि नै बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका दिवंगत नेता बाँस्तोलाको नेपाली कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिग गठनदेखि नेपाली कांग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलन र संघर्षमा अग्रणी भूमिका रहेको थियो ।

उहाँ बी.पी. कोइरालाको निर्वासित जीवन शुरु भएपछि सशस्त्र संघर्षको तयारीमा समेत प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो । २०३६ सालको आममाफी पश्चात् स्वदेश फर्कनुभएका नेता बाँस्तोलाले नेपाली कांग्रेसको संगठनलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

नेपालमा प्रजातन्त्रको पुनस्र्थापनामा नेतृत्वदायी भूमिका खेल्नुएका नेता बाँस्ताेलाले जेल जीवनका साथै लामो समय प्रवासमा व्यतित गर्नुभएकाे थियाे । उहाँको नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच १२ वुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नमा समेत महत्वपूर्ण भूमिका रहेकोे मानिन्छ ।

बैठकद्वारा पारित शाेक कार्यक्रम :
– २०७५ असोज २८, २९ र ३० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक÷श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने ।
– २०७५ असोज २९ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।
– स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।
– स्वर्गारोहणको १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने ।

साथै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आयोजनामा भोलि असोज २९ गते दिनको २ः०० बजे झापाको पवित्र नदी कन्काईमाईमा श्रद्धेय नेता चक्रप्रसाद बाँस्तोलाको अस्तुकलश प्रवाह गरिने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार