नेपालीहरुको महान चाड दशै नजिकै आइसकेको छ । विशेषत : दशैँमा सबैको घरमा मासुको विभिन्न परिकारहरु बनाएर खाने चलन रहेको छ । दशौमा आउने पाहुनालाई मुख्य रुपमा खसीको मासुबाट बनाएका विभिन्न परिकारहरु दिने गरिन्छ । दशैमा खाने मासुलाई दुर्गा माताको प्रसादको रुपमा समेत लिने गरिन्छ । त्यसैले आज हामी तपाईहरुलाई दशैमा खसीको मासु पक्कु बनाउने तरिका बारे बताउन गइरहेका छौँ । खसीको पक्कु बनाएर केही निद सम्म राखेर खाँदा केही हुँदैन् । पक्कु बनाउँदा केही दिन सम्म नराख्ने हुँदा लामो समय सम्म बिग्रदैन् ।
आवश्यक सामाग्रीहरु : खसीको ताजा मासु, बेसार, -तोरीको तेल -गरम मसला -नुन -जिरा धनियाँ पाउडर -ल्वाङ्ग -सुकमेलको धुलो -रातो धुलो खुर्सानी -दालचिनी, तेजपत्ता
बनाउने विधि : पहिला मासुमा नुन, तेल, गरम मसला, बेसार, जिरा,धनियाँ पाउडर, खुर्सानीको धुलो, राखेर राम्रोसँग मुछ्ने । यसरी मोलेको करिब ५ घण्टा जति छोपेर राख्ने । ५ घण्टापछि मासु निकाल्ने भाँडो आगोमा तताउने तेल राख्ने, तेल तातिसकेपछि दालचिनि, सुकुमेल, तेजपत्ता पफराउने । अघि मुछेर राखेको मासु राख्ने र राम्रोसँग चलाउने । त्यसपछि करिब १५ मिनेट जति छोपेर पकाउने । फेरि त्यसलाई राम्रोसँग चलाएर १५ मिनेट जति पकाउने । अब त्यसलाई चलाएर ल्वाङ्ग सुकमेलको धुलो राखिदिने । केही समय सम्म पाक्न दिने त्यसपछि पक्कु तयार भयो ।