काठमाडौँ । अभिनेत्री वर्षा राउत र गायक आशिष सचिनको फिचरिङ रहेको ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत आउदै गरेको दशैँलाई लक्षित गरिएको हो। गीतमा आशिष सचिन र मेलिना राइले स्वर भरेका छन् । शब्द दिपक शर्माले लेखेको गीतर्को भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । उत्सव दाहालले छायाँकन र गरिएको छ भने नविन निरौलाले कलर र सम्पादन गरेका हुन् । गम्भीर विष्टले यो गीतको कोरियोग्राफी गरेका छन् ।
गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ । यसमा प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई चित्रण गरिएको छ ।