लाखौं खर्चिएको जेट मेसिन र ब्रुमर महानगरपालिकामै थन्कियो

काठमाडौं । ‘स्वच्छ, सफा, हराभर काठमाडौं’को नारा लगाउन थािलएको बर्षौ भयो । तर, हरदिन प्रदुषण थपिदो छ । धुवाँ र धुलोले प्रताडित बन्दा नगरबासी हैरान छन् । तर, सफाईको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका भएका उपकरण पनि प्रयोग नगरी झाडू चलाइरहेको छ ।

हर विहान मजदूरले झाडू चलाएर महानगरका सडक बढान थालेको बर्षौ भयो । तर, धुलो जस्ताको त्यस्तै छ । प्रविधिले सफाईलाई सहज र सरल बनाउँदा पनि महानगर झाडूमै रमाइरहेको छ ।

तर, संघीय राजधानीको मुख्य सडक सफा गर्न काठमाडौं महानगरपालिकाले केही महिना अगाडि ब्रुमर र जेट मेसिन प्रयोग ग¥यो । टुँडिखेल, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास आसपासको सफाईमा केही साता मेसिनको प्रयोग पनि गरियो ।

तर, केही समय चलेपछि महानगरसँग रहेको एकमात्र धुलो सफा गर्ने मेसिन ब्रुमर बिग्रियो । र, थन्कियो । महानगरसँग रहेका ८ वटा ढल खोल्ने जेट मेसिनमध्ये २ वटा बिग्रिएको छ ।

ब्रुमर र जेट मेसिनका लागि महानगरपालिकाल साढे १३ करोड खर्चिएको छ । तर, प्रतिफल प्रयोगभन्दा प्रदर्शनमा सीमित । आवश्यकता र औचित्य विना उपकरण किन्ने, दुई–चार दिन चलाउने र बिग्रिएपछि मर्मत गर्नुभन्दा थन्क्याउन ठिक ठान्ने महानगरपालिकाको पूरानै रोग हो ।

उता, भएका मेसिन बिग्रिएर थन्किएका छन् यता सडकमा धुलोको साम्राज्य छ । थन्क्याउने नै नियत रहेको भए किन खर्चिएको होला लाखौं रकम ? महानगरबासी प्रश्न गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार