सरकार र संसदबीच तनाव बढ्दाे : सञ्चार र अापूर्तिमन्त्रीलार्इ कारबाही गर्न सांसदहरुकाे माग

काठमाडाैँ । संसद र सरकारबीच केही दिनयता समस्या देखिन थालेको छ । संसदीय समितिमा मन्त्रीले दिएका जवाफमा सांसदहरु रुष्ट बनेका छन् ।

संसदीय समितिमा दुई मन्त्रीले दिएको जवाफमा रुष्ट बनेका सांसदहरुले कारवाहीको माग गर्दै सभामुखलाई पत्र पठाएका थिए ।

सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरुको संसदका समितिमा दिएको जवाफबारे आफू गम्भीर रहेको बताउनुभयो । उहाँले संसदीय समितिले दिएको निर्देशन सरकारले मान्नुपर्ने बताउनुभयो । उहाँले संसद सरकारको छायाँ नभई वाच डग भएको स्पष्ट समेत पार्नुभयो ।

केही दिनअघि विकास तथा प्रविधि समितिमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सभापतिको प्रश्नमा प्रतिवाद गर्नुभएको थियो । यस्तै चिनीको मूल्यका सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिको निर्णय नमान्ने आशयको अभिव्यक्ति दिनुभएको थियो । दुबै मन्त्रीको अभिव्यक्तिलाई लिएर सांसदहरु रुष्ट बनेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार