न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग(फोटो फिचर)

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।

निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत सैयाै युवाको सहभागिता छ। नयाँ शक्ति पार्टीले विराेधमा अाफना ब्यानरसहित उपस्थिति जनाएकाे थियाे। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारको खवरदारी गरिएको छ।

माइतिघरबाट र्यालीसहित बानेश्वरमा पुगेर आयोजित विरोधसभामा नायिक रेखा थापाले बलात्कारजस्ता घटनाका अपराधी लुकाएर सरकारले के गर्न खोज्दै छ भन्दै आक्रोश पोखिन्। अपराधीलाई करवाही गर भनेर प्रष्ट भाषामा गरेको माग सरकारले नबुभेको भन्दै उनले प्रश्न गरिन,‘अब कस्तो भाषामा नागरिकका आवाज सुन्छ?’

पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको भन्दै उनले आगामी दिनमा महिलाको भविस्य कस्तो होला भन्नेमा आफूहरु त्रसित रहेको बताईन्। न्याय माग्नका लागि विरोध र आन्दोलन नै गर्नुपर्नै अवस्था आउनु दुखद रहेको उनले बताइन्।

न्याय माग्नेलाई लाठी बर्साउछौ, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरभन्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार