मुलुकको तेश्रो धारको नेतृत्व गरिरहेको उदाउदो राजनीतिक शक्ति विवेकशील साझा पार्टी संगठन बिस्तारको बिशेष अभियानमा जुटेको छ। काठमाण्डुमा डेढ सय अगुवा उत्प्रेरक संगठक तयार गरेर गाउ शहर पठाएको विवेकशील साझा पार्टीले सुदुर पश्चिम प्रदेशबाट प्रादेशिक भेला सुरु गरेको छ।
धनगढी र महेन्द्रनगरको सम्मेलन लगत्तै पार्टीले सुर्खेतमा प्रादेशिक सम्मेलनको तयारी गरेको कर्णाली प्रदेशका संयोजक गेहेन्द्र दाहालले जानकारी दिनु भयो। ‘हाम्रो तयारी अन्तिम चरणमा पुग्यो, केन्द्रीय सदस्य समेत रहेका दाहालले भने, कर्णालीका लागि यो ऐतिहासिक भेला हो। कर्णाली प्रदेशको नागरिक सम्बोधनमा पार्टीसंयोजक रवीन्द्र मिश्र,केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र परियार,केशब दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सुर्खेत पछि र बुटवलमा प्रादेशिक भेला हुने जनाइएको छ। भ्रस्टाचार बिरोधि पार्टीको रुपमा उदाएको विवेकशील साझा पार्टी सशक्त बैकल्पिक पार्टी भएको भन्दै सांगठानिक गतिविधिले अबको निर्बिकल्प शक्ति हुने पार्टी संयोजक मिश्रले सार्वजनिक रुपमै बोलिसकेका छन्। निर्वाचन हुनु भन्दा ३ महिना अघि एकीकरण भएको पार्टीको प्रदेश नम्बर ३ मा ३ जना प्रदेश सभा सदस्य छन्।