रिदम सिंह,आफुलाई सोधेर काम नगरेको भन्दै बुंगल नगरपालीका वडा नम्बर ९ का बाम गठबन्धनका कार्यकर्ताहरुले वडा अध्यक्षलाई कालो मोसो र जुत्ता चप्पलको माला लगाई दिएका छन् ।
मंगलबार दिउसो वडा नम्बर ९ को वडा कार्यलयमा पुगी बाम गठबन्धनका कार्यकर्ताहरुले बुंगल नगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका हुन् । कृषि क्षेत्रका लागी विनीयोजीत गरेको ३ लाख ५० हजार रुपैया वडा अध्यक्ष धामीले ५० हजार रुपैया बराबरका मात्रै बोट विरुवाहरु खरीद गरी बाँकी ३ लाख हीनामिना गरेको बाम गठबन्धनका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
कार्यकर्ताहरूले किसानहरुलाई सोधेर काम गर्नुको सट्टा आफु मनोमानी काम गरेको भन्दै वडा कार्यालयमा नै पुगेर जुत्ताको माला र कालो मोसो दलेका हुन् । यता वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीले भने आफुलाई नसोधेर काम गरेको भन्दै आफुलाई दुर्ब्यवहार गरेकोे बताएका छन् ।
आफुले कृषि क्षेत्रमा विनीयोजीत रकम मध्ये ३ लाख रुपैयाका बोट विरुवा खरीद गरी स्थानीय बासिन्दाहरुलाई हस्तान्त्रण गरी सकेको र बाँकी ५० हजार रुपैया आफु संगै रहेको र उक्त रकम किसानका लागी तरकारीको विउ वितरण खरिद गर्ने भन्ने योजना रहेको वडा अध्यक्षले बताए । ३ लाख रुपैया बराबरका अलैचिका बोट ६ हजार ५ सय, २ हजार ५ सय विभिन्न प्रजातीका फलफुलहरु, सुन्तला, अमिलो मौसमी आदीका बोटहरु र अन्य ५ हजार बोटहरु खरीद गरी किसानहरुलाई वितरण गरी सकेको अध्यक्ष धामीले बताए । असार मसान्तमा गरेको उक्त कामको गतीविधीलाई लिएर अहिले आफुलाई बाम गठबन्धनका कार्यकर्ताहरुले दुर्ब्यवहार गरेकोे उनले बताए ।
उनले भने “एक्कासी आएर मलाई कालोमोसो दल्नुका साथै जुत्ता र चप्पलको माला लगाई दिए ।” बाम गठबन्दनका कायकर्ता अम्मर राज जोशी, रवि राज जोशि, विर बहादुर बोहरा, खगेन्द्र बहादुर सिहँ, मान बहादुर विष्ट, हर्क बहादुर विष्ट, हर्जीत काँडारा, नरेन्द्र ओखेडा लगायत १५,२० जनाको समुहमा आएका कार्यकर्ताहरुले आफुलाई दुर्ब्यवहार गरेको उनको भनाई छ।
उता बाम कार्यकर्ताहरुले भने मोसो दल्ने र जुत्ताको माला अध्यक्षलाई लगाउने अाफुहरू नभई स्थानीय किसानहरु रहेको बताएका छन् वडा अध्यक्षले भने गठबन्दनका कार्यंकर्ताहरुले नै आफु माथी दुर्ब्यवहार गरेको बताएका छन ।उनले रकममा कुनै संङ्का लागे विल भर्पाइ देखाउन सक्ने समेत जनाए ।