गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाललाई पोर्तुगलमा स्वागत तथा सम्मान गरिएको छ।
एन आर एन पोर्तुगलले लिस्बोनस्थित आफ्नै कार्यालयआयोजना गरेको सो स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा अध्यक्ष दाहाललाई स्वागत गर्न पाउदा खुशी भएको र भविष्यमा एन आर एन बेल्जियमसंग सहकार्य गर्न उत्सुक भएको बताउनुभयो।
कार्यक्रममा एन आर एन ए बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालले एन आर एन बेल्जियम हरेक कार्यमा पोर्तुगल एन आर एन संग हातेमालो र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो। पोर्तुगलबाट स्थाई आवास अनुमतिपत्र प्राप्त गरी बेल्जियममा स्थान्तरण हुन चाहने हरेक नेपालीलाई एन आर एन बेल्जियम स्वागत गर्दछ भन्दै अध्यक्ष दाहालले भने – ” बेल्जियममा स्थान्तरण हुन चाहने हरेक नेपालीलाई संघ र मेरो व्यक्तिगत सहयोग हुनेछ र तपाईहरु सबैलाई स्वागत छ। ”
सम्मान कार्यक्रममा एन आर एन पोर्तुगलका पदाधिकारी र सदस्यहरु, प्रवासी नेपाली मंचका गोविन्द पौडेल, जनप्रगतिशील मंचका श्याम ढकाल, डोलराज भन्डारी, नारी समाजकी मिनामाया खरेल तथा पत्रकार लगायतको उपस्थिति थियो ।
कार्यक्रम एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीको अध्यक्षता र महासचिव निराजन सुवेदीको संचालनमा उपाध्यक्ष ईश्वर रिजालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।