कुवेत । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ।
केही दिन अगाडि ‘बिबि मल्ल ठकुरी एकल साँझ’ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बिबि मल्ल ठकुरीको साथमा देखिने भएका छन्।
गाँउले परिवेशमा हुर्केको बिबि मल्ल ठकुरीले अहिलेको एकाइसौं शताब्दी बित्न लागि सक्दा पनि कयौं बिरामीहरु समयमा नै अस्पताल पुग्न नसक्दा अकालमा नै मृत्यु हुने गरेको तितो स्मरण गर्दै यस अभियान थालिएको बताएका छन्।
‘सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो। स्वयम् बिबि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन्।
सहयोगीदाताहरुलाई हृदयदेखि नै धन्यवाद दिदै कुवेतमा भएका संघ संस्था, समाजका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी साथै कुवेतमा रहेका समस्त नेपालीहरु दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थिति भइ कार्यक्रम सभ्य र भव्य गरी दिन हुन स्याङ्जा सहयोग समाज कुवेत विनम्र अनुरोध गरेको छ।
कार्यक्रमको बारेमा केही ढाँचाहरु फेरबदल हुन गएकोमा यसप्रति स्याङ्जा सहयोग समाज कुवेत क्षमा याचना गरेको छ।