छक्कापञ्जालाई जित्दै ‘रोडिज’ पुग्यो ट्रेन्डिङ नम्बर एकमा

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको हिमालय रोडिजको पहिलो एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।


रोडिजको दोस्रो सिजन अन्तर्गतकाे पहिलो श्रृङखला सोमबारदेखि हिमालय टीभीमा प्रसारण सुरु भएको थियो । हिमालय रोडिजको अफिसियल च्यानलमा अपलोड भएको दुई दिनमै यो श्रृङ्खला नेपालभित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको हो ।

युवापुस्ता लक्षित यो कार्यक्रम एमटीभी इन्डियाको फ्रेन्चाइज रियालिटी सो हो । १८ श्रृङ्खला प्रसारण हुने कार्यक्रम हिमालय टीभीमा हरेक सोमबार साँझ ८ बजे प्रसारण हुने गर्छ ।

नेपालभित्र ट्रेन्डिङको दोस्रो नम्बरमा छक्कापञ्जा ३ को नयाँ गीत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार