लिस्बन,पोर्तुगल |
नेपाली नारी समाज र एनआरएनको सहकार्यमा आयोजित नेपाली पाठशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
पोर्चुगलमा बसोबास गर्ने ५ बर्ष माथिका बालबालिकाहरु लाई एनअारएनए पोर्चुगल र नेपाली नारी समाज पोर्तुगलको सहकार्यमा संचालन गरीयको निशुल्क नेपाली, अङ्ग्रेजी र गणित बिषयको अध्यापन लाई यहि जुलाई १, २०१८ बाट हप्तामा २ दिन बिहान ठिक १० बजे देखि १२ बजे सम्म शनिबार र आइतबार लगातार अध्यापन कार्यको थालनी आज बाट गरिएको छ । । गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तथा नेपाली नारी समाज पोर्चुगलकि अध्यक्ष सीता बरालले दिप प्रज्वलन गरि सयुक्त रुपमा कार्यक्रम उद्घघाटन गरेका थिए भने उपस्थित बाल बालीका तथा अविभावकहरुले सामुहिक रुपमा नेपाली रास्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा नेपाली नारी समाज पोर्चुगलकी उपाध्यक्ष निर्मला खरालले स्वागत मनतब्य राखेकी थीइन साथै कार्यक्रम नेपाली नारी समाजकी महासचिव मिना माया खरेलले संचालन गरेकी थीइन।
पोर्चुगलमा जन्मेका नेपाली मुलका बाल बालीकाहरुलाई नेपाली भाषा,सस्कृति र सस्कार एवम नेपाल सम्बन्धि जानकारी दिने मूल उद्देश्यका साथ् उक्त कक्षा संचालनमा ल्याइएको बेहोरा नारी समाजकि अध्यक्ष सीता बराल तथा एनआरएनए,पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले छोटो मन्तब्य दिदै
भविष्यमा यसलाई स्कुलको रुपमा दर्ता गर्नका लागि पोर्तुगाली सरकारी मान्यताका लागि पहल गरिरहेको कुरा जानकारी दिएका छन् ।
उक्त पाठशालाका लागि बाबुराम भुषाल तथा भगवती घिमिरे शिक्षक शिक्षिकाले भोलेन्टियर्सका रुपमा पढाउने काम गर्ने छन् ।
साथै २०४ औ भानु जयन्तीको अवसरमा यहि ८ जुलाई २०१८ आइतबार का दिन पोर्चुगलमा बसोबास गर्ने बालबालिकाको लुकेको प्रतिभा लाई उजागर गरी सम्मान गर्ने उद्देश्यले नेपाली नारी समाज, पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल को सहकार्यमा “बाल कविता/ बाल चित्रकला” प्रतियोगिता एभरेष्ट रेस्टुरेन्ट ( CNAI नजिकै ) मा आयोजना गरेका छन् ।
पहिलो पटक आयोजना गरेको कार्यक्रममा बालबालिका हरुलाई सहभागिता गराई उनीहरुको प्रतिभा उजागर गर्नमा सम्पूर्ण अभिबावक, विभिन्न संघ-संस्था लगाएत अन्य सरोकारवालाहरुमा अनुरोध गरेका छन् ।